बिनाश् निम्त्याउने विकास बुझाई

भुमिका

फोटो साभार: कस्मोस म्यागेजिन।
जे बनाएपनि हुन्छ जसरि बनाएपनि हुन्छ, बस् बनाउन परो, तेही नै बिकास हो भनेर सोच्नेहरुलाई काठमाडौँका सडक पटक पटक बनाउदै भत्काउदै, फेरी बनाउदै गर्दा  धुलोमान्डुमा परीणत भएको पनि सम्झना होस्। हचुवाको भरमा गरिएको निर्माण बिकास होइन बिनाश हो। पैसा, सम्पदा र समयको बिनास।

सामाजिक संजाललाई आधार मानेर मानिसहरुका बिकास बुझाईलाई बिश्लेशण गर्ने हो भने प्रस्ट रुपमा थाहा हुन्छ बिकासको कुबुझाई। हुन त म पनि बिकास बिद होइन र सही बिकास को अर्थ बुझउने प्रयास पनि गरिरहेको छैन। तर गलत बुझाई का केही उदाहरण पस्कन अवस्य सक्छु र त्यही आवश्यकता महसुस गरेकोले नै यो लेख लेख्दै छु।

संरचनालाई बिकास सम्झने

ठुलो इमारत (बिल्डिङ्ग) नै बिकास को संकेत बुझ्ने अनी जे भएपनी बनाए वा गरे पछी बिकास नै हुन्छ भन्ने बुझाई सोलार जडित डस्टबिनलाई स्मार्ट भएको बुझ्ने बुझाई भन्दा फरक होइन। केही समय अघि चर्चामा आएको भैँसेपाटीको सरकारी आवासगृहको निर्माण, भ्यु टावर निर्माण देखि अरु विविध निर्माणहरुमा प्रश्न उठाउने थुप्रै ठाँउहरु छन्। गुरुयोजना, स्रोत पहिचान र प्राथमिकताको निर्धारण नगरी अनि दुरगामी असरको मुल्याङ्कन, समकालीन प्रविधी र मुल्यमान्यता हरु को ख्याल नगरी गरिने विकास बिनास् नै हो भन्नेमा शङ्कै छैन।

हाम्रो देशको सन्दर्भमा हामीले स्रोत पहिचान गरेका छैँनौँ भन्ने कुराको उदाहरण हाम्रो जलस्रोत नीति बाट स्पष्ट हुन्छ। जलविधुत् उत्पादन जलस्रोतको एकमात्र प्रयोजन हो भनेर आगामी ५ बर्षमा ५००० मेगावाट र दस बर्षमा १५,००० मेगावाट बिजुली निकाल्ने नीति अबको केही बर्षहरुमा सोलारको सस्तो बिजुली उत्पादन प्रविधिले गिज्याउन सक्ने नीति हो। जलस्रोतको बहुउपयोगमा आधारित बहुउद्देशिए परियोजना निर्माण गरेर सिचाई, जलयात्रा, पर्यटन र बाढी नियन्त्रण गर्ने हाम्रो नीति छ कि छैन? यो महत्त्वपूर्ण नीतिगत प्रश्न हो। त्यसैले केही नहुनु भन्दा नयाँ जलविधुत् परियोजना बन्नु विकास हुनु हो भनेर सोच्नु कत्तिको सही हो? यदि भोलि उत्पादित विजुलीलाई बजारीकरण गर्न सकिएन भने यी परियोजनाहरुको लगानी के हुन्छ भन्ने कुराको पनि ख्याल आजै हुनुपर्छ।

क्रमिक परिवर्तनलाई बिकास सम्झने

त्यस्तै सामान्य कुराहरु र क्रमिक रुपमा विकास भएको परिघटनालाई विकास सम्झेर तामझामका साथ उद्घाटन गर्ने र मख्ख पर्ने हाम्रो विकास कस्तो विकास् हो? रेल विभाग गठन भएको थुप्रै भैसक्यो, ७-८ बर्ष लगाएर बल्ल तल्ल रेलसेवा सुरु हुन लाग्दा पनि कहिँ नभएको विकास भएझैँ सम्झेर प्रधानमन्त्री र मन्त्रीहरु उद्घाटनमा कुद्नु देशको लागि दुर्गति हो। त्यस्तै नेपालीहरुको हातहातमा मोबाईल छ, त्यसैले नेपालको विकास भएको छ भन्नु पनि क्रमिक परिवर्तनलाई बिकास सम्झनु हो। यस्ता परिवर्तन आँफै हुन्छन्, बरु तिनलाई निर्दिष्ट गर्ने कानुन बनाउन सकियो कि नाँई, सरकारको लागी त्यो महत्त्वपूर्ण कुरा हो। जस्तो कि कसैले मोवाईल फोन प्रयोग गरेर कसैको अनधिकृत फोटो सामाजिक संजालमा पोस्ट गरेर दुरुपयोग गर्‍यो भने कुन ऐनको कुन दफा अनुसार कारबाही गर्नुपर्ने हो भन्ने कानुन बनाउन तिर सरकार लाग्नुपर्छ, नकी सस्तो लोकप्रियता कमाउने भाषण गर्नतर्फ।

देशको आर्थिक विकास कसरी हुन्छ भन्ने कुराका केही सामान्य सिद्धान्तहरु अर्थशास्त्रका किताबमा पाईन्छ। ति सिद्धान्तहरु अबलम्बन गर्दा समग्रमा देश र जनताको हित हुन्छ। जस्तो कि, उत्पादनमा जोड दिनु, उद्यमशील र लगानीमैत्री वातावरण बनाउनु, नियमन गरेर सुशासनको प्रत्याभूत गराउनु, विदेशी लगानी मार्फत प्रविधि भित्र्याउनु, शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्नु, अध्ययन अनुसन्धानलाई प्रवर्धन गर्नु, आदि आधारभुत कुराहरु गर्नु। हाम्रो बिकासका नीतिमा कति कुरा संबोधन भएका छन् भन्ने कुरा बाटै प्रस्ट हुन्छ हाम्रो बिकास बुझाई के हो र हामीले गर्ने विकास कस्तो हो।

Post a Comment

0 Comments